शहरी विकास मन्त्रीको पदभार ग्रहण

काठमान्डौ | शहरी विकास मन्त्री श्री प्रभु साहले मिति २०७४-अषाढ ४ गते आइतबार पदभार ग्रहणको क्रममा मन्त्री साहले शहरी विकास मन्त्रालयमा पहिला देखी हुदै आएको कामलाई व्यवस्थित गरी निरन्तरता दिने र बदलिदो परिवेशको आवश्यकता अनुसार नयाँ र गुणात्मक फड्को मार्ने गरी काम गर्ने प्रतिबध्ता व्यक्त गर्नु भएको छ |
जनताले खोजेको विकास, सुशासन र समृधिको लागि मन्त्रालयले आफ्नो दायरामा रहेर काम गर्न सबै प्रकारको मेहिनत गर्ने उल्लेख गर्दै मन्त्री साहले प्रतिफल देखिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो | मन्त्रालयका कर्मचारीलाई निर्देशन गर्दै उहाँले मुखले होईन कामले सहयोग गर्न र व्यक्तिगत चिनजानको अधारमा नभई कामको आधारमा मुल्यांकन अपेक्षा गर्न आग्रह गर्नु भयो |
मन्त्री साहले पदभार ग्रहणको क्रममा प्रदेश स्तरीय सरकारी सम्पतीको पहिचान र मापदण्ड निर्धारण कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो | मन्त्रालयका सहसचिव रमेश प्रसाद सिंहको संयोजकत्वमा गठित कार्यदल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, सामान्य प्रशाशन मन्त्रालयका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरु सहित सात सदस्यीय छ | कार्यदलले दुई महिनाभित्र प्रतिवेदन पेश गर्नेछ | सो क्रममा मन्त्रालय सचिव दिपेन्द्रनाथ शर्माले मन्त्रीको स्वागत गर्दै मन्त्रालयले मन्त्रीको राजनीतिक नेतृत्वलाई पूर्ण सहयोग गर्दै कार्यकाल सुखद हुने र सहकार्य उदाहरणीय हुने गरी काम गर्ने प्रतिबध्ता व्यक्त गर्नु भएको थियो |

Leave a Reply