About Prabhu Sah

एकिकृत नेकपा माओवादीको तर्फबाट रौतहट ३बाट निर्वाचित संविधान सभा सदस्य प्रभु साह माओवादीले सङ्घीयताको लागि विभाजन गरेको भोजपुरा राज्यसमितिका सचिव हुनुहुन्छ। मुक्ति उपनामले चिनिने साह माओवादी पार्टीको स्पष्ट नीति र मधेसी जनताको हक हितका निम्ति पार्टी र आफूले गरेको सङ्घर्ष नै विजयीको कारण भएको बताउनुहुन्छ।

निम्न मध्यम वर्गको किसान परिवारमा २०३१ असोज १९ गते जन्मेका साह आफ्ना मामाको प्रेरणाले राजनीतिमा लागेको बताउनुहुन्छ। २०४६ साल पछि विद्यार्थी राजनीतिबाट राजनीतिमा साइत गरेका साह शसस्त्र युद्धका बेला थुप्रै युद्धमोर्चामा भाग लिनु भएको थियो। राजाले प्रत्यक्ष शासन सुरूवात सँगै मलंगवामा तत्कालिन नेपाली सेनाको हेलिकप्टर माथि आक्रमण गरी खसाल्ने कामको नेतृत्व आफैले गरेको साहले बताउनुभयो।

साहको श्रीमती कविता पनि पार्टीको क्षेत्रीय सदस्य हुनुहुन्छ। संविधान सभामा मधेसी जनताको हक अधिकार स्थापना र शोषित पीडित जनताको आवाज उठाउने साह बताउनुहुन्छ |